नेपाल र अस्ट्रेलियाले द्विपक्षीय आर्थिक साझेदारीलाई थप विस्तार गर्ने सहमति गरेका छन् । मेलबर्नमा बिहीबार भएको भेटवार्तामा परराष्ट्रमन्त्री शिशिर खनाल र अस्ट्रेलियाकी विदेशमन्त्री सिनेटर पेनी वङबीच व्यापार, लगानी, प्रविधि हस्तान्तरण, नवीकरणीय ऊर्जा, दिगो कृषि, पर्यटन तथा श्रम गतिशीलतालगायतका क्षेत्रमा सहकार्य विस्तार गर्ने विषयमा छलफल भएको हो । भेटवार्तामा दुवै मन्त्रीले नेपाल–अस्ट्रेलियाबीच लामो समयदेखि कायम रहेको