काठमाडौं । सामसङ नेपालले ग्यालेक्सी ए सिरिजअन्तर्गत नयाँ स्मार्टफोन ‘ग्यालेक्सी ए०८ एलटीई’ नेपाली बजारमा सार्वजनिक गरेको छ । कम बजेटमा एआई सुविधा, राम्रो कार्यक्षमता, सुरक्षा र लामो समय टिक्ने ब्याट्री चाहने प्रयोगकर्तालाई लक्षित गर्दै कम्पनीले यो फोन ल्याएको हो । ग्यालेक्सी ए०८ एलटीईमा ६.७ इन्चको डिस्प्ले रहेको छ । फोन ८ मिलिमिटर पातलो छ ।