सरकारी टोली र मिटर ब्याज पीडितबीच आज पनि वार्ता हुँदै

काठमाडौं - मिटरब्याज पीडित र गृह मन्त्रालयका प्रतिनिधिबीच आज पुनः वार्ता हुने भएको छ। गृह मन्त्रालयका सहसचिव प्रदिप कोइरालाको नेतृत्वको सरकारी वार्ता टोली र मिटरब्याज विरुद्ध किसान-मजदुर संघर्ष समितिबीच वार्ता हुन लागेको हो।

संघर्ष समितिले अघि सारेका मागका बारेमा आइतबार छलफल भए पनि सहमति नभए पछि सोमवार पुनः गर्न लागिएको संयोजक अबधेस कुशवाहले जानकारी दिए।