रौतहटमा भीषण आगलागी हुदाँ ४ वटा घरमा जले

काठमाडौँ - रौतहटको माधव नारायण नगरपालिका–४ विशुनपूर्वा मानपुरमा भीषण आगलागी भएको छ। जिल्ला प्रहरी कार्यालय रौतहटका एसपी वीरबहादुरले  जानकारी दिएका छन् । हालसम्ममा  ४ वटा घरमा क्षति पुगेको र आगलागी नियन्त्रण गर्ने प्रयास जारी रहेको जानकारी दिएका हुन् । 


आगलागीमा परेर घर, चौपाया अन्न, लताकपडा जलेर नष्ट भएको स्थानीय भण्डारीले बताए । यद्यपि क्षतिको पूर्ण विवरण भने आउन बाँकी रहेको छ। आगलागी लगतै गौर र चन्द्रनिगाहपुरका प्रहरीलाई खबर गरेपनि ढिला गरी दमकल आइपुगेको भण्डारीको गुनासो छ ।
हाल नेपाल प्रहरी, सशस्त्र प्रहरी तथा स्थानीय मिलेर आगलागी नियन्त्रण गरिएको थियो । पश्चिमबाट तीव्ररुपमा चलेको हावाको कारण आगलागी नियन्त्रण कठिनाई भइरहेको बताएको छ।