काठमाडौँमा देखिन थाल्यो डेंगी संक्रमण, देशभर ४० जना संक्रमित 

काठमाडौँ । गर्मीयामसँगै डेंगी संक्रमण बढ्न थालेको छ । काठमाडौामा १ देखि ६ अप्रिलसम्म १२ जनामा डेंगी संक्रमण पुष्टि भएको इपीडीमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ ।

महाशाखाको अर्लि वार्निङ रिपोर्टिङ सिस्टम (इवार्स) को साप्ताहिक बुलेटिनमा पछिल्लो साता काठमाडौँमा सो संख्यामा डेंगी संक्रमित देखिएको उल्लेख गरिएको छ ।

बुलेटिनअुनसार सो साता देशभर ४० जना संक्रमित थपिएका छन् । सन् २०२४ यता ६ अप्रिलसम्म देशभर ५५९ जनामा डेंगी पुष्टि भएको इडीसीडीले जनाएको छ ।