काठमाण्डु – नेपाली कांग्रेसको जारी १५औँ महाधिवेशनअन्तर्गत नयाँ केन्द्रीय कार्यसमिति चयनका लागि बिहीबार बिहान १० बजेदेखि हुने भनिएको मतदानको समय फेरि सरेको छ। निर्वाचन समितिले बिहान १० बजेबाट मतदान सुरु गर्ने तयारी गरे पनि आवश्यक तयारी पूरा नभएपछि मतदान दिउँसो १ बजेसम्मका लागि सारिएको हो।निर्वाचन समितिका सदस्यसचिव राजु कटुवालका अनुसार मतदानस्थल व्यवस्थापन, प्राविधिक तयारीलगायतका काम