काठमाडौं : प्रधानमन्त्री वालेन्द्र शाहले संयुक्त राष्ट्रसंघको महासभामा भारत र चीनसँग त्रिदेशीय जलवायु संयन्त्र बनाउने प्रस्ताव गरे। उक्त प्रस्तावलाई निकै चासोका साथ हेरिएको छ। तर, प्रधानमन्त्री शाहले भनेजस्तो त्रिदेशीय संयन्त्र बन्न कत्तिको सम्भव होला ? कसैले यसलाई अत्यन्त राम्रो सुरुवात हुन सक्ने बताए पनि कार्यान्वयन पक्षमा शंका व्यक्त गरेका छन्। नेपालका लागि चिनियाँ राजदूत झाङ माओमिङले भर्खरै लेखेको लेखमा चीन नजिकबाट सहकार्य गर्न तत्पर रहेको बताएका छन्।राजदूत माओमिङले जलवायु विपद् साझा सम