पार्टीको हितमा एकजुट भई लाग्न कार्यकर्तालाई कांग्रेस सभापति देउवाको आग्रह

काठमाडौँ ।  नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले पार्टीको हितमा एकजुट भई लाग्न कार्यकर्तालाई आग्रह गरेका छन् ।

नेपाली कांग्रेस रुपन्देही क्षेत्र नं ३ कार्यसमितिले आज यहाँ आयोजना गरेको नयाँवर्षको शुभकामना आदानप्रदान तथा भेटघाटका अवसरमा उनले नेपाली कांग्रेसमाथि अहिले धेरै चुनौती थपिएको बताए ।

उनले नेता तथा कार्यकर्तालाई अहिले पार्टीलाई अप्ठयारो पार्ने काम नगर्न  निर्देशन दिए। सभापति देउवाले भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनका लागि आवश्यक पहल गर्नेसमेत प्रतिबद्धता जनाए।

सो अवसरमा नेपाली कांग्रेसका क्षेत्रीय सभापति सुशील गुरुङले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा पहल गर्न सभापति देउवासमक्ष आग्रह गरेका थिए।