काठमाडौं जिल्ला प्रहरी परिसरका प्रमुख एसएसपी दिलीप घिमिरेको कमान्डमा खटिएको प्रहरी टोलीले चोरी, डकैती तथा लुटपाटमा संलग्न तीन जनालाई गोली प्रहार गरी नियन्त्रणमा लिएको छ। कोटेश्वरस्थित जडिबुटी पुलमुनि लुटपाटमा संलग्न व्यक्ति रहेको सूचना पाएपछि प्रहरीले नियन्त्रणमा लिन खोजेको थियो। प्रहरीका अनुसार नियन्त्रणमा लिने क्रममा उनीहरूले प्रहरीमाथि नै खुकुरी प्रहार गरेपछि प्रहरीले गोली चलाएको हो। गोली