कर्णालीका नवनियुक्त मुख्यमन्त्री कँडेलको शपथ आज

काठमाडौँ । कर्णाली प्रदेशका नवनियुक्त मुख्यमन्त्री यामलाल कँडेलले आज पद तथा गोपनीयताको शपथ ग्रहण गर्दैछन्। 

प्रदेश प्रमुख तिलक परियारले  दिउँसो ३ बजे पद तथा गोपनीयताको शपथ गराउने कार्यक्रम रहेको प्रदेश प्रमुखको कार्यालयले जनाएको छ। 

कँडेल नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादीको समर्थनमा मंगलबार मुख्यमन्त्रीमा नियुक्त भएका थिए।