काठमाडौं : अदालतले अन्तिम फैसला कार्यान्वयन गरी पीडित पक्षलाई क्षतिपूर्ति दिन स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयलाई ताकेता गरेको छ। उच्च अदालत पाटनको अन्तिम फैसला अनुसार विरङ्ग हेल्थ केयर प्रा.लि.लाई २१ करोड रुपैयाँ क्षतिपूर्ति दिलाउन सर्वोच्च अदालतको फैसला कार्यान्वयन निर्देशनालयले पटक-पटक ताकेता गर्दा पनि मन्त्रालयले कानुन मन्त्रालय र महान्यायाधिवक्ताको रायका आधारमा मात्र निर्णय हुने लिखित जवाफ फर्काएको छ।उच्च अदालत पाटनले २०८२ असार १८ मा परमादेश जारी गर्दै स्वास्थ्य तथा जनसंख्या मन्त