"सरकार र काठमाडौं महानगरबीच तत्काल संवाद गरिनुपर्छ" : महामन्त्री थापा


काठमाण्डौँ  - नेपाली काँग्रेसका महामन्त्री तथा सांसद गगन थापाले सरकार र काठमाडौं महानगरपालिकाबीचमा तत्काल संवाद गर्नुपर्ने बताएका छन् 

प्रतिनिधि सभाको सोमबारको बैठकमा बोल्दै थापाले बागदरबार र सिंहदरबारबीचको टकराव समाधानका लागि विलम्ब नगरी छलफल गर्न आवश्यक रहेको बताएका हुन् ।