काठमाडौं: नेपाली कांग्रेसको १५औं महाधिवेशनमा बुधबार दिनभर एउटा दृश्य दोहोरिइरह्यो– सहमतिको खोजी। सभापति पददेखि विभिन्न पदाधिकारीमा परेको उम्मेदवारी घटाउने, नेताहरूलाई मिलाउने र सकेसम्म सर्वसम्मत नेतृत्व निर्माण गर्ने प्रयास दिनभर चल्यो।किशोरसिंह राठौरले सभापतिको उम्मेदवारी फिर्ता लिए पनि श्यामकृष्ण खड्गी मैदानबाट पछि नहट्दा सभापतिमा निर्वाचन हुने देखिएको छ। बुधबार राति अबेरसम्म खड्गीको उम्मेदवारी कायम थियो। ‘गगनलाई रोक्न होइन, निर्वाचनको अधिकार जोगाउन उम्मेदवारी दिएको हुँ,’ खड्