हुम्लाबाट कांग्रेसको केन्द्रीय राजनीतिमा उदाएका जीवनबहादुर शाही फेरि सहमहामन्त्रीको दौडमा

  • बिहीबार २२ असो २०८३ ०८:०१ AM
हुम्ला : नेपाली कांग्रेसका नेता तथा कर्णाली प्रदेशका पूर्वमुख्यमन्त्री जीवनबहादुर शाहीले पार्टीको १५औँ महाधिवेशनमा सहमहामन्त्री पदमा उम्मेदवारी दर्ता गरेका छन् ।उनले पिछडिएको क्षेत्रतर्फबाट सहमहामन्त्री पदमा उम्मेदवारी दिएका हुन् । यही क्लस्टरबाट जीवनबहादुर शाहीसहित मुगुका मीन भाम, बाजुराका जनकराज गिरी, डोल्पाका कर्णबहादुर बुढा र कालिकोटका नारायणप्रसाद भट्टराईसहित ७ जना प्रतिस्पर्धामा छन् ।हुम्लाको खार्पुनाथ गाउँपालिका–५ स्थायी घर भएका शाही नेपाली कांग्रेसको राजनीतिमा लामो समयदेखि सक्