विद्युत् ट्रान्सफर्मर चोरीले मधेसका किसान धुरुधुरु

  • बिहीबार २२ असो २०८३ ०८:०० AM
बर्दिबास : आर्थिक वर्ष २०८२/८३ मा मधेस प्रदेशबाट ५८ वटा विद्युत् ट्रान्सफर्मर चोरी भयो। प्रदेश प्रहरी कार्यालयको तथ्यांकअनुसार सबैभन्दा बढी महोत्तरीमा २८ वटा ट्रान्सफर्मर चोरी भयो। सर्लाहीमा १७, धनुषामा १० र रौतहटबाट ३ वटा ट्रान्सफर्मर चोरी भएको प्रहरीले जनाएको छ।चोरीका २० वटा मुद्दा दर्ता हुँदा ६ जनामात्रै पक्राउ परेका छन्। यो तथ्यांकले विद्युत् ट्रान्सफर्मरको बढ्दै गएको घटना र प्रहरीले गरिरहेको फितलो अनुसन्धानको तथ्यलाई उज्जागर गर्छ। प्रहरी र विद्युत् कार्यालयलाई समेत चोरहरूले छक्याउँदै एकपछि