उपनिर्वाचनमा एमालेका तर्फबाट सुवास नेम्वाङ पुत्र सुहाङले दिए निवेदन

काठमाडौँ । उपनिर्वाचनको लागि नेकपा एमालेका तर्फबाट उम्मेदवारीका लागि सुवासचन्द्र नेम्वाङका पुत्र सुहाङले निवेदन दिएका छन् । उनले आइतबार उम्मेदवारका लागि पार्टीमा निवेदन दिएका हुन् ।

संविधानसभाका अध्यक्ष एवम् पूर्वसभामुख नेम्वाङको निधन भएपछि इलाम- २ मा हुँदैछ । यसका लागि उनकै छोरा सुहाङले पनि उम्मेदवार बन्न पार्टीमा निवेदन दिएका हुन् ।

सुहाङ दिवंगत नेता सुवासचन्द्रका कान्छा छोरा हुन् । एमालेका तत्कालीन उपाध्यक्ष एवं संविधानसभा अध्यक्ष सुवासचन्द्र नेम्वाङको गत भदौ २६ मा निधनपछि खाली रहेको इलाम(२ मा वैशाख १५ मा उपचुनाव हुँदैछ ।

सुहाङसहित बुद्धि खनाल, रवीन्द्र सुवेदी र देवी क्षेत्री दुलालले निवेदन दिएका  छन् ।