सुनको मूल्य बढ्यो, चाँदी स्थिर हुँदा तोलाको कतिमा हुँदैछ कारोवार ? 

काठमाडौँ - नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको छ । शुक्रबार सुनको मूल्य प्रतितोला १ लाख १ हजार ८ सय रुपैयाँ कायम भएको छ ।

आज सुनको मूल्य प्रति तोला ८ सय रुपैयाँले बढेर १ लाख १ हजार ८ सय रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । बिहीबार सुनको मूल्य प्रति तोला १ लाख १ हजार रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै, तेजावी सुनको मूल्य तोलाको १ लाख १ हजार ३ सय रुपैयाँ निर्धारण भएको छ । चाँदीको मूल्य स्थिर रहेको छ । बिहिबार प्रति तोला १ हजार २ सय २० रुपैयाँमा कारोबार भईरहेको चाँदीको मूल्य स्थिर रहेर सोहि मूल्यमा कारोबार भईरहेको छ ।