भोटेकोशी बाढीको प्रलयपछि नेपाल सरकारले आह्वान गर्दा प्रधानमन्त्री राहत कोषमा १६ अर्ब रुपैयाँ जम्मा भयो। त्यसबाट विपद् व्यवस्थापन कोषलाई सरकारले १ अर्ब रुपैयाँ उपलब्ध गरायो। रसुवा, धादिङ र नुवाकोटमा पनि केही करोड पठाइयो। अनि सेना र प्रहरीलाई पनि केही दिइयो। तर कोषको ठूलो हिस्सा संघ सरकारकै मुठीमा छ। अस्ति भर्खर असोज ८ देखि ११ गतेसम्म फेरि ठूलो वर्षा हुँदा धेरै क्षतिचाहिँ गण्डकी र लुम्बिनी प्रदेशतिर भएको थियो। बागलुङमा क्षति बेहोरेको ताराखोला गाउँपालिकाका आफ्नै नागरिकसँग राहत सहयोगका लागि आह्