प्रचण्डविरुद्धको रिटमा कारण देखाउ आदेश जारी

काठमाडौँ - प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’विरुद्ध दर्ता भएको रिट निवेदनमा सर्वोच्च अदालतले कारण देखाउ आदेश जारी गरेको छ ।

शुक्रबार न्यायाधीश ईश्वरप्रसाद खतिवडाको इजलासले बाटो म्याद बाहेक १५ दिनभित्र कारण पेश गर्न विपक्षीहरुका नाउमा आदेश जारी गरेको हो ।
सर्वोच्च प्रशासनका अनुसार रिटलाई आग्राधिकार दिन भनिएको छ। तर अन्तरिम आदेशबारे शुक्रबारको इजलासले केही नबोलेको छैन । ‘अन्तरिम आदेश दिने वा त्यसका लागि बोलाउने निर्णय आज भएको छैन, स्रोतले भन्यो ।

प्रचण्डले २०७६ माघ १ गते काठमाडौँको टुँडिखेलमा आयोजित कार्यक्रममा ‘सामन्ती राजाहरूले १२ हजार जनता मारेका हुन्। मलाई पाँच हजारको जिम्मा दिनुहुन्छ भने म लिन्छु’ भनेर सार्वजनिक अभिव्यक्ति दिएका थिए ।