सर्लाहीमा चार राउण्ड गोलीसहित दुई युवक पक्राउ

काठमाडौँ । सर्लाहीमा प्रहरीले चार राउण्ड गोलीसहित दुईजना युवकलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सर्लाहीको मलंगवा नगरपालिका १ भेडिया बस्ने २१ वर्षीय पोसन महरा राम र बागमती नगरपालिका ८ बस्ने २४ वर्षीय रंजित राम रहेको जिल्ला प्रहरी कार्यालय, सर्लाहीले जनाएको छ।

शनिबार साँझ बागमती १० सोल्टी नहर स्थितमा अस्थाइ प्रहरी पोष्ट, सोल्टी, सर्लाहीबाट विशेष सूचनाको आधारमा खटेको प्रहरी चेकिङ टोलीले शंरपुरबाट सोल्टीतर्फ आउँदै गरेको बिआर ३० डब्लु ५८८३ नम्बरको मोटरसाइकललाई चेकजाँच गर्दा पोसनको साथबाट ८ एमएम लेखिएको ४ राउण्ड गोली बरामद गरेर इलाका प्रहरी कार्यालय, बरहथवामा ल्याई अनुसन्धान गर्दै जाँदा रञ्जितलाई घरबाट नियन्त्रणमा लिएको प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक दीपेन्द्र पंजियार थारुले जानकारी दिए।

यस सम्बन्धमा थप अनुन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय, सर्लाहीले जनाएको छ।