मुटुको जाँचका लागि टिकट काट्न लाइनमा बसेका युवकको मृत्यु

काठमाडौँ । मुटुको जाँचका लागि टिकट काट्न लाइनमा बसेका एक युवकको मृत्यु भएको छ ।

पूर्वी चितवनको बकुलहर रत्ननगर अस्पतालमा बहिरंग सेवाको टिकट काट्न लाइन बसेको  रत्ननगर नगरपालिका - ३ लौरीघोलका ३४ बर्षीय जीवनबाबु थापामगरको मत्यु भएको हो ।

उनी लाइनमा बसेका बेला अचानक ढलेका थिए । त्यसपछि तत्कालै अस्पतालको आकस्मिक कक्षमा लगेर उपचार गराउँदा मृत्यु भएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. मदन ज्ञवालीले जानकारी दिए ।

लगातार दुई दिन सार्वजनिक बिदापछि अस्पताल खुलेकाले बहिरंग सेवाको टिकट काट्नेहरुको लामो लाइन थियो ।