नवनिर्वाचित राष्ट्रपति पौडेललाई गगनका ५ सुझावहरु के-के छन् ? 

 काठमाडौँ - नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले नेपालको संविधानले ‘गल्ती नगर्ने राष्ट्रपति’को परिकाल्पना गरेको बताएका छन् ।

शुक्रबार नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेललाई बधाई दिँदै गगनले यस्तो सुझाव दिएका हुन् । उनले नेपालको संविधानले ‘गल्ती नगर्ने राष्ट्रपति’को परिकल्पना गरेको स्मरण गराएका छन् ।

‘हाम्रो संविधानको परिकल्पना गल्ती नगर्ने राष्ट्रपति हो । किनभने राष्ट्रपतिले आफ्नो मनोमानीले केही पनि गर्दैन र गल्ती पनि गर्दैन । संविधानको पालना, संरक्षण र प्रवर्द्धन गर्ने नाममा राष्ट्रपतिले मन्त्रिपरिषद्को सिफारिश वा सहमतिमा कार्य गर्ने कुरा संविधानको मर्म हो । अर्थात् हरेक निर्णयको जवाफदेही सिफारिश गर्नेले नै लिनुपर्ने भएकाले राष्ट्रपतिले गल्ती गर्दैनन् भन्ने मान्यता राखिएको हो,’ उनले भनेका छन् । उनले राष्ट्रपति संस्थालाई अनावश्यक दलीय दुरुपयोग नगर्न र राष्ट्रपतिलाई आफ्नो संवैधानकि भूमिका, मर्यादा र गरिमामा रहन दिन आग्रहसमेत गरेका छन् ।