प्रधानमन्त्री प्रचण्ड विरुद्धको रिट आज खतिवडाको ईजलाशमा

काठमाडौँ - प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ विरुद्धको फौजदारी रिट न्यायाधीश ईश्वर खतिवडाको ईजलाशमामा हुने भएको छ ।

तर, सर्वोच्च अदालतमा शुक्रबार पनि मुद्दाको सुनुवाइ हुने सम्भावना भने न्युन देखिएको छ ।

खतिवडाको ईजलाशमा पेशी तोकिए पनि मुद्धा ११ औं नम्बरमा रहेकाले शुक्रबार पनि हेर्न नभ्याइने भन्दै अर्को दिनलाई पेशी सर्न सक्ने सम्भावना देखिएको हो ।