काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत बिहीबार बिहान १० बजेबाट मतदान हुँदैछ । साँझ ६ बजेसम्म चल्ने मतदानका लागि विभिन्न ३ स्थान तोकिएको छ । खुलामञ्च, प्रदर्शनीमार्गस्थित राष्ट्रिय सभागृह र कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा मतदान हुन लागेको हो । तीन वटा बुथ अन्तर्गत छुट्टाछुट्टै प्रदेश, जनसम्पर्क समिति र भ्रातृ तथा सुभेच्छुक संस्थाबाट आएका महाधिवेशन प्रतिनिधिहरुका