रञ्जिता श्रेष्ठलाई उपराष्ट्रपतिमा उमेरको बन्दि, संवैधानिक व्यवस्था अनुसार कति चाहिन्छ उमेर ? 

काठमाडौँ - उपराष्ट्रपतिको उम्मेदवार बनाउने निर्णय गरेको नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठलाई उम्मेदवार बन्न उमेरले रोक लगाएको छ । नागरिक उन्मुक्तिले उपराष्ट्रपतिको निर्वाचनमा उम्मेदवारी दिने निर्णय गरेपनि उमेरका कारण पार्टीकी अध्यक्ष  श्रेष्ठ अयोग्य ठहरेकी हुन् ।

शुक्रबार बसेको उक्त पार्टीको बैठकले उपराष्ट्रपतिमा पार्टीकी अध्यक्षलाई उम्मेदवार बनाउने निर्णय गरेको थियो । तर, संवैधानिक व्यवस्था अनुसार उपराष्ट्रपतिको उम्मेदवार हुन ४५ वर्ष उमेर पुगेको हुनुपर्छ । संसद सचिवालको रेकर्ड अनुसार उनको उमेर हाल ४० वर्षमात्रै कायम रहेको छ ।