नेपाल फिनटेक एक्स्पो २०२६ असोज २३ देखि, ६५ भन्दा बढी स्टल रहने

  • बुधबार २१ असो २०८३ ०४:०९ PM
काठमाडौं । फिनटेक एलायन्स नेपालको आयोजनामा ‘नेपाल फिनटेक एक्स्पो २०२६’ को दोस्रो संस्करण आगामी असोज २३ गते शुक्रबारदेखि ललितपुरको सानेपास्थित हेरिटेज गार्डेनमा आयोजना हुने भएको छ। लुपको प्रस्तुति तथा एभरेस्टक्लाउडको सहयोगमा आयोजना हुने एक्स्पो असोज २५ गते आइतबारसम्म तीन दिन सञ्चालन हुनेछ। एक्स्पोको औपचारिक उद्घाटन शुक्रबार बिहान १० बजे नेपाल राष्ट्र बैंकका वरिष्ठ डेपुटी गभर्नर किरण पण्डितले गर्ने आयोजकले जनाएको छ। फिनटेक एलायन्स नेपालका अध्यक्ष अमित अग्रवालले साना तथा लघु कर्जा प्रवाहमा बैंकहरूको सञ्चालन खर्च उच्च हुने भएकाले फिनटेक कम्पनीमार्फत यस्ता कर्जा प्रवाह गर्नुपर्ने आवश्यकता रहेको बताए। उनका अनुसार बैंकहरूले ५ लाख, १० ... The post नेपाल फिनटेक एक्स्पो २०२६ असोज २३ देखि, ६५ भन्दा बढी स्टल रहने appeared first on Kalika Khabar.