काठमाडौं । नेकपा (एमाले) का नेता तथा पूर्व मुख्य सचेतक महेश बर्तौलाले सांसद पद राज्यका संस्थालाई तर्साउने, धम्क्याउने वा राष्ट्रसेवक कर्मचारीको मनोबल गिराउने लाइसेन्स नभएको बताएका छन्। बर्तौलाले प्रहरी संगठनका प्रमुख वा कुनै पनि अधिकारीबाट कानूनविपरीत काम भएको भए निष्पक्ष छानबिन गरी दोष प्रमाणित भए कानूनबमोजिम तत्काल कारबाही गर्नुपर्ने बताएका छन्। तर सत्तापक्षका एक सांसदले राज्यको जिम्मेवार सुरक्षा संगठनका प्रमुख तथा पदाधिकारीमाथि निरन्तर सार्वजनिक रूपमा लाञ्छना लगाउने, चरित्रहत्या गर्ने, तर्साउने र धम्की दिने गतिविधि गरिरहेको भन्दै उनले आपत्ति जनाएका छन्। उनले यस्तो गतिविधिलाई ‘सत्तारुढ सांसदको दादागिरी र सत्ताको रवाफको पराकाष्ठा’को संज्ञा दिएका ... The post सांसद पद राज्यका संस्थालाई तर्साउने लाइसेन्स होइन : महेश बर्तौला appeared first on Kalika Khabar.