गुलरिया : बर्दियामा हावाहुरी तथा चट्याङसहित आएको वर्षाले पशुलगायत कृषि क्षेत्रमा क्षति पुर्याएको छ। बुधबार आएको विपदका कारण जिल्लाका विभिन्न स्थानमा कृषि बाली, पशुधनमा एवं भौतिक पूर्वाधारमा क्षति पुगेको छ।हावाहुरीका कारण रुख ढल्दा ६ वटा तथा चट्याङ्ग लागेर २ वटा गरी ८ वटा पशुधन तथा वर्षाका कारण १० कठ्ठा खेतमा काटेर राखेको करिब १३ क्विन्टल धान र केही कच्ची घर भत्किएको प्रहरीले जनाएको छ। ठाकुरबाबा नगरपालिका वडा नम्बर ८ सुतैयामा रामकृष्ण थारूको गोठमा साजको रुख ढल्दा गोठ भत्किन गई ३ वटा बाख