ट्याक्सी ड्राइभरलाई लुटपाट गरेको आरोपमा चारजना पक्राउ

  • बुधबार २१ असो २०८३ १०:०० PM
भक्तपुर : ट्याक्सी ड्राइभरलाई हतियार देखाई लुटपाट गरेको अभियोगमा चारजना पक्राउ परेका छन्। गएराति करिब ११ बजे मूलपानीबाट गुण्डु आउने क्रममा आफूहरू चढेको ट्याक्सी ड्राइभरलाई उनीहरूले लुटपाट गरी फरार भएका थिए।पक्राउ पर्नेमा दोलखा वैतेश्वर घर भई हाल सूर्यविनायक-७ गुण्डु बस्ने १९ वर्षिय सौरभ मगर, दोलखाको कालिन्चोक घर भई हाल गुण्डु नै बस्ने वर्ष २० को अस्मित गजमेर, रामेछापको मन्थली घर भई हाल दधिकोट बस्ने १९ वर्षका नविन राउत र काठमाडौँ किर्तिपुरका ३० वर्षिय निल कुमार बस्नेत रहेका जिल्ला प्रहरी परिसर भक