दुबईमा मिशेलिन गाइड २०२६ : विश्वस्तरीय मञ्चमा नेपाली सेफ दाहाल

  • बुधबार २१ असो २०८३ ०३:२५ PM
दुबई – विश्वप्रसिद्ध मिशेलिन गाइडको दुबई संस्करण २०२६ को समारोहमा नेपाली सेफ डिल्लीकुमार दाहाल सहभागी भएका छन् । दुबईमा आयोजित समारोहमा विश्वभरका प्रतिष्ठित रेस्टुरेन्ट, सेफ तथा आतिथ्य क्षेत्रका प्रतिनिधिहरू सहभागी भएका थिए । बुल्गारी रिसोर्ट दुबईका नेपाली सेफ दाहालले अन्तर्राष्ट्रिय स्तरको प्रतिष्ठित पाककला समारोहमा सहभागिता जनाएका हुन् । विश्वस्तरीय मञ्चमा नेपाली सेफको सहभागिताले नेपाली पाककला