कांग्रेस केन्द्रीय सदस्यमा डा. शाक्य निर्विरोध निर्वाचित

  • बुधबार २१ असो २०८३ ०४:०७ PM
काठमाण्डु – नेपाली कांग्रेसको १५औं महाधिवेशनमा डा. अमिता प्रधान शाक्य निर्विरोध निर्वाचित भएकी छन् । काठमाण्डु उपत्यकाको तर्फबाट केन्द्रीय सदस्यमा डा. शाक्य निर्विरोध निर्वाचित भएकी हुन् । कांग्रेस महाधिवेशनअन्तर्गत नेतृत्व चयन प्रक्रिया जारी छ ।