काभ्रेमा श्रीमतीको कुटाइबाट श्रीमानको मृत्यु

काठमाडौँ । काभ्रेको नमोबुद्ध नगरपालिकामा श्रीमानको हत्या आरोपमा श्रीमतीलाई प्रहरीले पक्राउ गरेको छ ।

नमोबुद्ध नगरपालिका ५ कानपुर बस्ने ५९ वर्षीय धनबीर दमाईलाई कुटपिट गरी हत्या गरेको आरोपमा प्रहरीले उनकी पत्नी ४० वर्षीय कमला परियारलाई पक्राउ गरेको हो ।

रक्सीको नसामा रहेकी पत्नी कमलाले घरायासी विवादमा निगालोको लठ्ठीले टाउकोमा हान्दा धनबीरको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ । 

प्रहरीले कमलालाई पक्राउ गरेको छ। घटनको सम्बन्धमा थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।