नवनिर्वाचित राष्ट्रपति पौडेल पशुपतिनाथ दर्शन पछि सुन्दरीजल जाने

काठमाडौँ - नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेल आज पशुपतिनाथ मन्दिर दर्शन गर्न जाने भएका छन्।

बहराइन जान लागेका सभामुख देवराज घिमिरेसँग भेटघाट गरे पछि नवनिर्वाचित राष्ट्रपति पौडलले बिहान ९ बजे पशुपतिमा दर्शन गर्न जाने कार्यक्रम छ।

पौडेलको सचिवालयका अनुसार पशुपति दर्शनपछि राष्ट्रपति पौडेल आज सुन्दरीजल जाने कार्यक्रम छ। सुन्दरीजलस्थित बीपीको शालिकमा माल्यार्पण गर्ने र संग्रहालय अवलोकन गर्ने कार्यक्रम  छ।