काठमाण्डु – राष्ट्रिय मानवअधिकार आयोगले २०८१ चैत १५ गते काठमाण्डुको तीनकुनेमा भएको घटनामा तत्कालीन प्रमुख जिल्ला अधिकारी (सीडीओ) सहित नेपाल प्रहरी र सशस्त्र प्रहरीका तत्कालीन उच्च अधिकारीलाई कारबाही गर्न सरकारसमक्ष सिफारिस गरेको छ । आयोगले तत्कालीन प्रमुख जिल्ला अधिकारी (सीडीओ) ऋषिराम तिवारी, जिल्ला प्रहरी परिसर काठमाण्डुका तत्कालीन प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक विश्व अधिकारी, प्रहरी उपरीक्षक