राजनीतिक आग्रह-पूर्वाग्रहभन्दा माथि उठेर पोशाक खरिदको अध्ययन गर्छौँ : खुश्बु ओली

  • बुधबार २१ असो २०८३ ०२:३२ PM
राष्ट्रिय प्रजातन्त्र पार्टीकी प्रमुख सचेतक खुश्बु ओलीले निर्वाचन प्रहरीको पोशाक खरिद प्रक्रियाबारे राजनीतिक आग्रह–पूर्वाग्रहभन्दा माथि उठेर निष्पक्ष रूपमा अध्ययन गर्ने बताएकी छन् । बुधबार सिंहदरबारमा बसेको निर्वाचन प्रहरी, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपालको पोशाक खरिदसम्बन्धी अध्ययन उपसमितिको बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै ओलीले सार्वजनिक लेखा समितिमा परेको उजुरीका आधारमा तथ्य र कागजात अध्ययन गरिने