राप्रपाका नेता ठाकुरमोहन श्रेष्ठमाथि पार्टी कार्यालयमा आक्रमण

काठमाडौँ । राप्रपाका कार्यसम्पादन समिति सदस्य ठाकुरमोहन श्रेष्ठमाथि पार्टी कार्यालयमा आक्रमण भएको छ ।

आइतबार बिहान पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको बैठक हलबाट बाहिर निस्कँदै गर्दा श्रेष्ठमाथि हातपात भएको हो ।

आक्रमण गर्नेहरू पार्टीभन्दा बाहिरका मानिस रहेको पार्टीका अर्का नेता दीपकबहादुर सिंहले जानकारी दिए । आक्रमणकारीलाई खोजी गर्न प्रहरीलाई जानकारी गराएको नेता सिंहले बताए ।

नेताहरू खाना खान बाहिर निस्कने क्रममा एक्कासि पूर्व एआइजी समेत रहेका श्रेष्ठमाथि आक्रमण भएको थियो ।

स्रोतका अनुसार श्रेष्ठले छलफलका क्रममा नेता विक्रम पाण्डेमाथि भ्रष्टाचारमा संलग्न रहेको भन्दै पार्टी बचाउमा लाग्नुपरेको बताएका थिए ।  त्यसपछि आक्रोशित हुँदै पाण्डे बैठकस्थलबाट बाहिरिएका थिए । त्यसलगत्तै श्रेष्ठमाथि आक्रमण भएको हो ।