ममता झालाई उपराष्ट्रपति उठाउने जनमत पार्टीको निर्णय

 काठमाण्डौँ - जनमत पार्टीले ममता झालाई उपराष्ट्रपति उठाउने भएको छ । 

जनमत पार्टीले उपराष्ट्रपति आफूले पाउनु पर्ने दावी गर्दै झाको नाम अघि सारेको नेता विपी साहले जानकारी दिए ।

सदभावना पार्टीबाट राजनीति सुरु गरेकी ५३ वर्षीय  झा जनमत पार्टीकी सप्तरी जिल्ला इञ्जार्ज छिन् । उनी स्थानीय तह चुनावमा राजविराज नगरपालिकाको मेयरमा उम्मेदवार थिइन् ।