काठमाडौं : नेपाल टेनिस संघको वार्षिक साधारण सभा बुधबार सम्पन्न भएको छ । बुधबार गोदावरीस्थित भएको साधारण सभाले महासचिवको वार्षिक प्रतिवेदन र कोषाध्यक्षको आर्थिक प्रतिवेदन सर्वसम्म पारित गरेको टेनिस संघका कार्यालय सचिव प्रवीण देवकोटाले जनाएका छन्। साधारण सभाले २०८३/८४ का लागि लेखा परिक्षक नियुक्ति गर्ने निर्णय गरेको छ । साधारण सभामा केन्द्रका २१ तथा प्रदेशबाट १५ प्रतिनिधिको उपस्थिति रहेको संघले जनाएको छ । साधारण सभाको उद्घाटन सत्रमा टेनिसका वरिष्ठ प्रशिक्षक शरद लामा र यति डिस्टिलेरी प्रा