काठमाण्डु- भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सरकार प्रमुखका रूपमा निरन्तर २५ वर्ष पूरा गरेको अवसरमा भारतको केन्द्रीय मन्त्रिपरिषद्ले बधाई प्रस्ताव पारित गरेको छ। मन्त्रिपरिषद्ले ६ अक्टोबरमा पारित गरेको प्रस्तावमा मोदीको २५ वर्षे राजनीतिक नेतृत्वलाई ‘राष्ट्र प्रथम’ र ‘नागरिक प्रथम’ को सिद्धान्तबाट निर्देशित यात्राका रूपमा व्याख्या गरिएको छ। प्रस्तावमा गुजरातको मुख्यमन्त्रीदेखि भारतको प्रधानमन्त्रीसम्म मोदीको नेतृत्वमा भएका विभिन्न