काठमाण्डु – बेलायतको औपचारिक भ्रमणमा रहेका नेपाली सेनाका प्रधानसेनापति अशोकराज सिग्देलले बेलायती सेनाका उच्च अधिकारीहरूसँग छुट्टाछुट्टै शिष्टाचार भेटवार्ता गरेका छन् । बेलायती सेनाका चिफ अफ द जनरल स्टाफ जनरल सर रोली वाकरको निमन्त्रणामा असोज १९ गतेदेखि बेलायतको औपचारिक भ्रमणमा रहेका प्रधानसेनापति सिग्देलले बेलायती रक्षा मन्त्रालयअन्तर्गतका उच्च अधिकारीसँग भेटवार्ता गरेका हुन् । सिग्देलले डेपुटी चिफ अफ