काठमाडौं : सरकारले बेपत्ता भएका व्यक्तिहरूलाई मृत्यु घोषणा गर्न देखिएका कानुनी अवरोधलाई हटाउन कानुन संशोधनका लागि अध्यादेश जारी गर्न सिफारिस गरेको छ।सिंहदरबारमा बुधबार बसेको मन्त्रिपरिषद् बैठकले विपद् सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेशमार्फत बेपत्ता भएका व्यक्तिहरूलाई मृत्यु घोषणा गर्न देखिएका कानुनी अवरोध हटाउने निर्णय गरेको हो। भोटेकोशीको बाढीलाई मध्यनजर गर्दै यसभन्दा अघि १२ वर्ष बेपत्ता भएका व्यक्तिहरूलाई मृतक घोषणा गर्ने प्रावधान रहेकोमा त्यसलाई ४५ दिन बनाउने व्यवस्था गरिएक