एनआईसी एशिया बैंकका ग्राहकहरुलाई नगरकोटस्थित होटल कन्ट्री भिल्लामा १० प्रतिशतसम्म छुट

  • बुधबार २१ असो २०८३ ०७:०० PM
काठमाडौं: एनआईसी एशिया बैंक लिमिटेडका ग्राहकले नगरकोट, काभ्रेस्थित होटल कन्ट्री भिल्लाले प्रदान गर्ने विभिन्न सेवाहरूमा विशेष छुट प्राप्त गर्ने भएका छन् ।एनआईसी एशिया बैंक र होटल कन्ट्री भिल्ला प्रालिबीच बैंकका ग्राहक महानुभावहरूलाई उक्त होटलले प्रदान गर्ने विभिन्न सेवाहरूमा विशेष छुट प्रदान गर्ने सम्बन्धमा समझदारी पत्रमा हस्ताक्षर भएसँगै यस्तो सुविधा पाउने भएका हुन् ।यस समझदारी अनुसार एनआईसी एसियाका ग्राहकले उक्त होटलमा सेवा लिँदा विभिन्न सेवाहरुमा १० प्रतिशतसम्म छुट सुविधा उपयोग गर्न सक्नेछन्