काठमाण्डु – नजिकिँदै गरेका महान् पर्व बडादशैँ, दिपावली, नेपाल संवत् र छठपर्व लगायतका पर्वहरूलाई विशेष केन्द्रबिन्दुमा राखेर नेपाल प्रहरीले चाडपर्व लक्षित विशेष सुरक्षा योजना, २०८३ लागू गरेको छ । चाडपर्वको समयमा हुन सक्ने आपराधिक क्रियाकलाप नियन्त्रण तथा नागरिकको गुनासो व्यवस्थापनका लागि चाडपर्व विशेष सुरक्षा योजना बनाई सफल एवम् प्रभावकारी कार्यान्वयन गर्दै सुरक्षा व्यवस्थापनलाई थप मजबुद