विराटनगर – कोशी प्रदेश सभाको नवौँ अधिवेशनको ३२औँ बैठक बिहीबार दिउँसो १:०० बजे बस्ने भएको छ । गत भदौ २२ गते अर्को सूचना नभएसम्मका लागि स्थगित भएको प्रदेश सभाको बैठक प्रदेशसभा नियमावली, २०७४ को नियम ६ बमोजिम बस्न लागेको कोशी प्रदेशसभा सचिवालयका सचिव सुदर्शन खड्काले जानकारी दिए ।