कांग्रेसको नयाँ नेतृत्वका लागि बिहीबार बिहान १० बजेदेखि मतदान, ७ हजार २५५ प्रतिनिधिले भोट हाल्ने

  • बुधबार २१ असो २०८३ १२:२३ PM
काठमाण्डु– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ केन्द्रीय कार्यसमिति चयनका लागि बिहीबार बिहान १० बजेदेखि मतदान हुने भएको छ। महाधिवेशनमा सहभागी ७ हजार २५५ प्रतिनिधिले पार्टीको नयाँ नेतृत्व चयनका लागि मतदान गर्नेछन्। केन्द्रीय निर्वाचन समितिका संयोजक एवम् वरिष्ठ अधिवक्ता प्रेमबहादुर खड्काका अनुसार यसअघि बिहान ७ बजेदेखि मतदान गर्ने कार्यक्रम रहे पनि वर्षा र केही प्राविधिक कारणले