काठमाण्डु- नेपाली कांग्रेसका सभापतिका उम्मेदवार गगन थापाले अब प्रतिनिधिसभा पुनर्स्थापनाको विषय उठाउनुको कुनै अर्थ नरहेको बताएका छन्। उनले नयाँ सरकार गठन भइसकेको र निर्वाचनबाट नयाँ जनादेशसमेत प्राप्त भइसकेको अवस्थामा पुरानो संसद् पुनर्स्थापनाको मुद्दा अदालतमा अड्काएर राख्नु समयको बर्बादी मात्रै हुने बताए। कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत खुलामञ्चमा जारी बन्द सत्रलाई सम्बोधन गर्दै थापाले संसद् पुनर्स्थापनाको विषयमा भइरहेको