कर्णाली याक्सलाई प्राइम टाइल्सको साथ

  • बुधबार २१ असो २०८३ ०५:१३ PM
काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपिएल) को फ्रेन्चाइज टोली कर्णाली याक्स र प्राइम सेरामिक प्रालिबीच एनपिएलको तेस्रो संस्करणका लागि सम्झौता भएको छ । सम्झौतापत्रमा कर्णाली याक्सका क्रिकेट निर्देशक ज्ञानेन्द्र मल्ल र प्राइम सेरामिक प्रालिका अध्यक्ष आशीष गर्गले हस्ताक्षर गरे । सम्झौतासँगै प्राइम टाइल्स कर्णाली याक्सको अफिसियल प्रिमियम भिट्रिफाइट टायल पार्टनरका रूपमा जोडिएको छ । सम्झौतापछि कर्णाली याक्सका क्रिकेट निर्देशक मल्लले प्राइम टाइल्ससँगको साझेदारीले कर्णाली याक्सको यात्रालाई थप बलियो बनाउने विश्वास व्यक्त गरे । एनपिएलको तेस्रो संस्करणका लागि प्राइम टाइल्ससँग जोडिन पाउँदा हामी खुसी लागेको उल्लेख गर्दै उनले  खेलकुद र व्यवसायबीचको सहकार्यले नेपाली क्रिकेटको विकासमा सकारात्मक योगदान पुग्ने बताए । प्राइम सेरामिक प्रालिका अध्यक्ष आशीष गर्गले कर्णाली याक्ससँगको सहकार्यलाई ब्रान्ड र खेलकुद दुवैका लागि महत्वपूर्ण अवसरका रूपमा लिएको बताए । एनपिएलको तेस्रो संस्करण आगामी कात्तिक ९ गतेदेखि कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुँदैछ । प्रतियोगिताका लागि कर्णाली याक्सले विदेशी खेलाडीका रूपमा इङ्गयान्डका मार्क वाट र बङ्गलादेशका अकबर अलीलाई अनुबन्ध गरिसकेको छ ।