काठमाडौं : नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत बन्द सत्रमा महामन्त्री गुरुराज घिमिरेले प्रस्तुत गरेको प्रतिवेदन पनि पारित भएको छ। घिमिरेले प्रस्तुत गरेको प्रतिवेदनमा कांग्रेसलाई बलियो र लोकप्रिय पार्टीका रूपमा अघि बढाउने विषयलाई प्राथमिकता दिइएको छ। बन्द सत्रले प्रतिवेदन पारित गर्दै त्यसमा प्रस्तावित नीति तथा कार्यक्रमलाई अघि बढाउने बाटो खुला गरेको छ। प्रतिवेदन पारित भएपछि कांग्रेसलाई थप बलियो, व्यवस्थित र लोकप्रिय पार्टीका रूपमा अघि बढाउने प्रस्ताव कार्यान्वयनतर्फ जाने भएको छ। The post महामन्त्री गुरुराज घिमिरेको प्रतिवेदन पारित appeared first on Kalika Khabar.