काठमाण्डु- नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले नेपाली कांग्रेसको १५औँ महाधिवेशन अहिलेसम्मकै ऐतिहासिक महाधिवेशन भएको बताएका छन्। उनले यसपटकको महाधिवेशनमा पार्टीको नीति, सिद्धान्त र भावी कार्यदिशामाथि समेत गम्भीर छलफल भएकाले आफूलाई महाधिवेशन नौलो लागेको बताए। महाधिवेशनअन्तर्गतको बन्द सत्र समापन कार्यक्रममा बोल्दै आङ्देम्बेले विगतका महाधिवेशनका बन्द सत्रमा नीति, सिद्धान्त र भावी कार्यदिशामाथि यसरी छलफल नभएको