काठमाण्डु- नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा समावेशी उपसभापति पदमा उठेकी नेतृ सीता गुरुङले आफ्नो उम्मेदवारीलाई आरक्षणभन्दा महिलाले खुला प्रतिस्पर्धाबाट नेतृत्वमा पुग्न सक्छन् भन्ने सन्देशका रूपमा प्रस्तुत गरेकी छन्। समावेशी उपसभापति पदका लागि उम्मेदवारी दर्ता गरेपछि प्रतिक्रिया दिँदै गुरुङले निर्वाचन जित्ने संकल्पसहित आफू प्रतिस्पर्धामा आएको बताइन्। ‘आरक्षणभन्दा पनि महिलाहरू पनि खुला प्रतिस्पर्धा गर्न सक्छन् भन्ने मेरो बुझाइ